गृहपृष्ठ Featured एमालेको समानुपातिक सूचीमा समेटिए रूपन्देहीका एजाज आलम

एमालेको समानुपातिक सूचीमा समेटिए रूपन्देहीका एजाज आलम

नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकको बन्द सूचीमा रूपन्देहीबाट एजाज आलमको नाम थप गरेको छ।

यसअघि समानुपातिक तर्फको सूचीमा रूपन्देहीबाट एक जना पनि उम्मेदवार समावेश नगरिएको भन्दै आलोचना भएको थियो।

सोही आलोचना र जिल्लाका पार्टी कार्यकर्ताहरूको दबाबपछि एमालेले आलमको नाम थप गरेको हो।

आइतबार निर्वाचन आयोगले सार्वजनिक गरेको बन्द सूचीमा मुस्लिम पुरूषबाट आलमलाई पहिलो नम्बरमा राखेको छ।

आलम हाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य छन्।

आलम रूपन्देही उद्योग संघका पुर्व अध्यक्ष हुन् भने नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एवं औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष छन्।

सानो उमेरदेखि नै उद्योग व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय रहेका आलमकै अगुवाइमा बुटवलमा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल सञ्चालनमा छ। आलम उक्त अस्पतालको अध्यक्ष छन्।

सम्बन्धित् समाचार