५ माघ, पाल्पा ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रूपन्देही-२ बाटै उम्मेद्वार बन्ने भएपछि पाल्पा-२ मा रामबहादुर राउतले टिकट पाएका छन् ।
गत शनिबार बेलुका पाल्पा-२ बाट पौडेल उम्मेद्वार बन्ने निर्णय भएको थियो । आइतबार भने एकल सिफारिस भएको रूपन्देही-२ बाटै पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको हो ।








