काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी पुन: गुल्मी १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएका छन् ।
यसअघि २०७९ मा यसै क्षेत्रबाट उनले एमाले नेता प्रदीप ज्ञवालीलाई पराजित गरेका थिए ।
कांग्रेस संसदीय बोर्डले भण्डारीलाई गुल्मीबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसपटक पनि उनको चुनावी भिडन्त ज्ञवाली र सागर ढकालसँग हुने भएको छ ।
यस्तै क्षेत्र नम्बर २ मा भुवन श्रेष्ठले टिकट पाएका छन् । श्रेष्ठ यसअघि रेसुङ्गाको मेयर भएका थिए । एमालेबाट क्षेत्र नम्बर २ मा गोकर्ण विष्टले उम्मेदवारी दिने तय भएको छ ।








