गृहपृष्ठ Featured रूपन्देही-२ मा कांग्रेसबाट चुन्न पौडेल उमेदवार

रूपन्देही-२ मा कांग्रेसबाट चुन्न पौडेल उमेदवार

बुटवल — नेपाली कांग्रेसले रूपन्देही-२ बाट उद्योगी चुन्नप्रसाद पौडेललाई उमेदवार बनाएको छ । कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका पौडेल बुटवलका सफल व्यवसायी हुन् ।

२०६४ देखि लगातार विजयी हुँदै आएका एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल पनि रूपन्देही-२ बाटै चुनावी प्रतिस्पर्धामा छन् । पाल्पा-२ बाट उमेदवार बन्ने तयारीमा रहेका पौडेल रूपन्देहीका कार्यकर्ताको तीव्र दबाबपछि रूपन्देही-२ बाटै प्रतिस्पर्धा गर्ने भएका हुन् ।

त्यस्तै रूपन्देही-२ मा रास्वपाले बालेन्द्र शाह समूहका आशिष सुवेदीलाई उम्मेदवार बनाएको छ । नेकपाले भने विश्वदीप पाण्डेलाई टिकट दिएको छ ।

सम्बन्धित् समाचार