वैखरी अनलाईन, बाणगगा ।
नेपाली कांग्रेसका युवा नेता तथा कपिलवस्तु क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार प्रत्यासी आशिष शर्माले वर्तमान राजनीतिक परिस्थितिबारे राय–सल्लाह गर्न आज तौलिहवा स्थित गौतम बुद्ध होटलमा भेटघाट तथा छलफल कार्यक्रम आयोजना गर्दैछन्।
आज बिहान ११स्३० बजेबाट सुरु हुने उक्त कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्दै खुलेर विचार आदान–प्रदान गरिने जनाइएको छ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा शर्माले पछिल्लो समय सबैबाट प्राप्त माया, साथ र सम्पर्कप्रति हार्दिक आभार व्यक्त गरेका छन्। केही व्यक्तिसँग फोनमार्फत प्रत्यक्ष सम्पर्क हुन नसकेकोमा उनले क्षमायाचना समेत गरेका छन्।
उनले विशेषगरी युवा पुस्ताको चाहना र आकांक्षाअनुसार अपेक्षित परिणाम हासिल हुन नसक्दा सबैलाई स्वाभाविक रूपमा दुःख लागेको उल्लेख गर्दै वर्तमान राजनीतिक अवस्थाबारे सबैको राय–सल्लाहका आधारमा आगामी मार्गदर्शन तय गर्ने बताएका छन्।
साथै, शर्माले सबैको साथ र सहयोगमा सदा सर्वदा रहने प्रतिबद्धता व्यक्त गर्दै तौलिहवा स्थित गौतम बुद्ध होटलमा आयोजना हुने उक्त भेटघाट तथा छलफल कार्यक्रममा उपस्थित हुन सबैलाई सादर आमन्त्रण गरेका छन्।








