गृहपृष्ठ Featured दुर्गा प्रसाईं रिहा भएपछि पूर्वघोषित विरोधका सबै कार्यक्रम स्थगन

दुर्गा प्रसाईं रिहा भएपछि पूर्वघोषित विरोधका सबै कार्यक्रम स्थगन

आफ्ना अध्यक्ष दुर्गा प्रसाईं रिहा भएपछि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले पूर्वघोषित विरोधका सबै कार्यक्रम स्थगन गरेको छ।

महाअभियानले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार पोखराको लेकसाइड बराही प्रांगणमा आयोजित सभालाई सम्बोधन गरी काठमाडौँ फर्कने क्रममा अध्यक्ष प्रसाईंलाई प्रहरीले पोखरा विमानस्थलमा पक्राउ गरेको थियो।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरिएका उनलाई काठमाडौँको भद्रकालीस्थित प्रहरी परिसर ल्याइएका उनलाई मंगलबारै दिउँसो २:४५ बजे विशेष सरकारी वकिलको कार्यालयबाट रिहा गरिएको विज्ञप्तिमा उल्लेख छ।

योसँगै निर्वाचन कार्यलय घेराउ, तालाबन्दी र चक्काजाम गर्ने पूर्वघोषित कार्यक्रम स्थगन गरिएको नागरिक बचाउ महाअभियानले जनाएको छ।

यस क्रममा महाअभियानले माघ २ गते भएको १२ बुँदे सहमति तुरुन्तै कार्यान्वयन गर्न सरकारसँग माग पनि गरेको छ।

साथै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई देशभरि शन्तिपूर्ण सभा र जुलुस गरी विरोध गरिने पनि महाअभियानले जनाएको छ।

सम्बन्धित् समाचार