गृहपृष्ठ Featured आशिकाले पनि उम्मेदवारी फिर्ता लिइन्

आशिकाले पनि उम्मेदवारी फिर्ता लिइन्

आगामी फागुन २१ को निर्वाचनमा धादिङ-२ मा रास्वपाबाट उम्मेदवार बनेकी आशिका तामाङले पनि उम्मेदवारी फिर्ता लिएकी छिन्।

शुक्रबार उनले उम्मेदवारी फिर्ताको घोषणा गरेकी हुन्। निर्वाचन आयोगले दिउँसो १ बजेसम्म उम्मेदवारका लागि नाम फिर्ता लिने समय निर्धारण गरेको थियो।

आजै दिउँसो १ बजेदेखि ३ बजेसम्ममा देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारीमा आयोग छ।

निर्वाचन आयोगका अनुसार आजै अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिँदैछ।

सम्बन्धित् समाचार