गृहपृष्ठ Featured सुरेन्द्रराज आचार्यको घोषणा: “यो मेरो अन्तिम चुनाव हो”

सुरेन्द्रराज आचार्यको घोषणा: “यो मेरो अन्तिम चुनाव हो”

वैखरी अनलाईन, बाणगगा ।

नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्यले यसपटकको प्रतिनिधिसभा निर्वाचन आफूका लागि अन्तिम चुनाव हुने घोषणा गरेका छन् । शनिबार जिल्लामा आयोजित पार्टी बैठकलाई सम्बोधन गर्दै कपिलवस्तु निर्वाचन क्षेत्र नं।२ बाट उम्मेदवारी दिएका आचार्यले आफू र अतहर कमाल मुसलमानका लागि यो चुनाव अन्तिम भएको बताएका हुन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्रीसमेत रहेका आचार्यले राजनीतिमा धैर्यता आवश्यक हुने उल्लेख गर्दै कपिलवस्तु क्षेत्र नं.१ बाट स्वतन्त्र उम्मेदवारी दिएका आशिष शर्मालाई पार्टीको आधिकारिक उम्मेदवार अतहर कमाल मुसलमानलाई समर्थन गर्न अपिल गरेका छन् ।

नेपाली कांग्रेसले कपिलवस्तु निर्वाचन क्षेत्र नं.१ मा अतहर कमाल मुसलमान, क्षेत्र नं.२ मा सुरेन्द्रराज आचार्य र क्षेत्र नं।३ मा अभिषेक प्रताप शाहलाई उम्मेदवार बनाएको छ ।

पार्टीको एकता र संगठन मजबुत बनाएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिँदै आचार्यले कांग्रेसलाई जिताउन सबै नेता–कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह गरेका छन् ।

सम्बन्धित् समाचार