नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने अझै भन्न नसकिने बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूमाथि सरकारले अपमान गरेको आरोप समेत लगाए।
झापाबाट फर्किने क्रममा उनले यस्तो व्यवहारले आफूलाई सभ्य समाजमा नभएको जस्तो महसुस भएको पनि बताए। ‘अचम्म लाग्यो, विदेशमा जाँदा पनि यस्तो व्यवहार हुँदैन, तर आफ्नै देशको विमानस्थलमा हेपिएको अनुभूति भयो,’ उनको भनाइ थियो।








