गृहपृष्ठ Featured स्वास्थ्य बीमा कार्यक्रमको ठूलो दुरुपयोग भएको छ: स्वास्थ्यमन्त्री गौतम

स्वास्थ्य बीमा कार्यक्रमको ठूलो दुरुपयोग भएको छ: स्वास्थ्यमन्त्री गौतम

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा ठूलो दुरुपयोग भएको बताएकी छन्।

आइतबार आफ्नो तीन महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै उनले बीमा कार्यक्रमको दुरुपयोग रोक्न कडा उपायहरू लागू गरिनेसमेत जानकारी गराइन्।

सेवा प्रदाय स्वास्थ्य संस्थाहरूले गलत नियतले पैसा असुल्ने गरेको पाइएको उनले बताइन्। प्रिमियम संकलनभन्दा दाबी बढी हुने, समयमै भुक्तानी नहुने, अनावश्यक सेवा उपभोग, कमजोर दाबी व्यवस्थापन, संगठित क्षेत्रको न्युन सहभागिता तथा बोर्डको आन्तरिक क्षमता अभाव जस्ता चुनौतीहरू देखा परेको उनको भनाइ छ।

उनकाअनुसार यी समस्यालाई सम्बोधन गर्न मन्त्रालय र स्वास्थ्य बीमा बोर्डले संयुक्त राष्ट्रिय कार्यशाला आयोजना गरी १९ वटा प्रमुख कार्यबिन्दुमा आधारित कार्ययोजना तयार पारेको छ।

सम्बन्धित् समाचार