गृहपृष्ठ Featured राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा मतदान सकियो, २८६ मत खस्यो

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा मतदान सकियो, २८६ मत खस्यो

बुटवल ।

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनीमा मतदान सम्पन्न भएको छ । आइतबार (माघ ११) बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कुल २८६ मत खसेको छ । प्रदेशसभा सदस्यतर्फ ७८ मत रस्थानीय तह सदस्यतर्फ २०८ मत खसेको हो ।

लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्य र २१७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३०० जना मतदाता थिए ।

यस प्रदेशबाट महिला, अपांगता वा अल्पसंख्यक र अन्य समूह गरी तीनजना राष्ट्रियसभा सदस्य निर्वाचित गरिनेछ ।

तीन सिटका लागि आठजनाको मनोनयन दर्ता भएको छ । कांग्रेस–एमाले गठबन्धनबाट तीन जना, नेपाली कम्युनिस्ट पार्टीबाट तीनजना र राष्ट्रिय जनमोर्चाबाट दुईजनाको उमेदवारी दर्ता भएको हो ।

कांग्रेस र एमालेबीच तालमेल गरी उमेदवारी दर्ता गरिएको छ । गठबन्धन अनुसार एमालेको भागमा महिला कोटा परेको छ भने कांग्रेसलाई अपांगता तथा अन्य समूहको कोटा परेको छ ।

हाल एमालेबाट निर्वाचित गोपाल भट्टराई, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे र तत्कालीन माओवादी केन्द्रका जगप्रसाद शर्माको कार्यकाल फागुन २० गते सकिँदै छ । भट्टराई अन्य समूह, घिमिरे महिला र शर्मा अपांगता कोटाबाट निर्वाचित भएका थिए।

सम्बन्धित् समाचार