गृहपृष्ठ Featured जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन शाह

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन शाह

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले वनजंगल छेउका गाउँलाई स्थानान्तरण गर्नुपर्ने बताएका छन् ।

आइतवार कार्यकर्ताहरुसँगको कुराकानीमा उनले नेपाल सरकारको नीति जंगलको छेउछाउमा बसिरहेको गाउँलाई स्थानान्तरण गर्ने हुनुपर्ने बताए ।

शाहले उनीहरुको जति जग्गा छ, त्यत्ति नै जग्गा अन्य स्थानमा दिएर स्थानान्तरणको नीति लिनु उचित हुने बताए । उनले भने, ‘नेपाल सरकारको नीति त्यस्तो हुनुपर्छ । जंगलको छेउछाउमा बसिरहेको गाउँलाई स्थानान्तरण गर्ने हो । उहाँहरुको जति जग्गा छ, उहाँहरुको पाँच आना जग्गा छ, दुई रोपनी जग्गा छ कति छ, त्यो हिसावले स्थानान्तरण गरेर सरकारले अर्को ठाउँमा राखिदिनुपर्छ । मान्छेलाई जंगलसँगै राखिदिनु भएन ।’ उनले मानिसलाई जंगल नजिक राख्न नहुने बताए।

सम्बन्धित् समाचार