गृहपृष्ठ Featured बर्दियामा डेढ लाख घुस रकमसहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

बर्दियामा डेढ लाख घुस रकमसहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौँ — बर्दियाको बारबर्दिया नगरपालिकास्थित भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहन देव मल्ल डेढ लाख घुस रकमसहित पक्राउ परेका छन् ।

बारबर्दिया-७ मा रहेको जनता माध्यमिक विद्यालय रम्भापुरको ४ कोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग लिएको घुस रकमसहित मल्ललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

‘आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले इन्जिनियर मोहन देव मल्ललाई सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा रकमसहित बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती बिकास शाखाबाट बिहीबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,’ अख्तियार प्रवक्ता सुरेश न्यौपानेले भने ।

सम्बन्धित् समाचार