गृहपृष्ठ Featured बालेनको घरको गेट फुटाइयो : चोरीको आशंका

बालेनको घरको गेट फुटाइयो : चोरीको आशंका

१७ माघ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_का वरिष्ट नेता बालेन्द्र शाह -बालेन_को काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ ।

शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको प्रहरी परिसर, काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए ।

चोरले गेट फुटाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । चोरीको आशंकामा अनुसन्धान गरिरहेको डीएसपी बुढाथोकीले बताए ।

झापा-५ बाट चुनाव लडेका बालेन हाल चुनावी प्रचारका लागि कर्णाली पुगेका छन् । घरमा को-को थिए ? के चोरी भयो या भएन भन्नेबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार