गृहपृष्ठ Featured रेबकिनाले जितिन् अस्ट्रेलियन ओपन

रेबकिनाले जितिन् अस्ट्रेलियन ओपन

काठमाडौं : पाँचौ बरियताकी एलेना रेबकिनाले महिलातर्फ अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन्।

बरियताकी पाँचौं नम्बरकी रेबकिनाले फाइनलमा उनले विश्व नम्बर एक आर्यना साबालेन्कालाई तीन सेटमा पराजित गर्दै आफ्नो करियरको पहिलो अस्ट्रेलियन ओपन उपाधि हात पारिन्।

फाइनलको निर्णायक तेस्रो सेटमा ३–० ले पछि परेकी उनले उत्कृष्ट पुनरागमन गर्दै लगातार पाँच गेम जितिन् र ६–४, ४–६, ६–४ को जित निकालिन्। यससँगै उनले सन् २०२३ को फाइनलमा साबालेन्कासँग बेहोरेको हारको बदला पनि लिकी छन्।

यससँगै उनले सन् २०२२ को विम्बल्डनपछि आफ्नो करियरको दोस्रो ग्रान्डस्लाम उपाधि जितिन्।

युएस ओपन च्याम्पियन साबालेन्काले पछिल्ला चार ग्रान्डस्लाम फाइनलमध्ये तेस्रो पटक उपाधि गुमाएकी छन्।

पुरुषतर्फ स्पेनका कार्लोस अल्कारेजले अनुभवी सर्बियाली खेलाडी नोभाक जोकोभिचविरुद्ध फाइनलमा आज प्रतिस्पर्धा गर्नेछन्।

अल्कारेज पहिलो पटक अस्ट्रेलियन  आपन फाइनल पुगेका हुन् भनेजोकाभिच कीर्तिमान २५ औं ग्रान्डस्लाम जित्ने लक्ष्यमा छन्।

अस्ट्रेलियन ओपनमा भने जाकाभिचको ११औँ फाइनल हो।

सम्बन्धित् समाचार