गृहपृष्ठ Featured स्वास्थ्य बिमा सुविधा २५ हजारमा खुम्च्याइएपछि प्रधानमन्त्रीले बोलाइन् सर्वपक्षीय बैठक

स्वास्थ्य बिमा सुविधा २५ हजारमा खुम्च्याइएपछि प्रधानमन्त्रीले बोलाइन् सर्वपक्षीय बैठक

स्वास्थ्य बिमा बोर्डले व्ययभार बढेको भन्दै वर्षमा २५ हजार बराबरको मात्र बहिरंग (ओपीडी) सेवा दिने निर्णय गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार बैठक आज (बुधबार) दिउँसो १:३० बजेका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा बोलाइएको हो।

‘छलफलमा स्वास्थ्य बिमासँग सम्बन्धित सरोकारवाला निकायका सबै प्रतिनिधिलाई बोलाइएको छ’, उनले नेपालखबरसँग भने।

बैठकमा स्वास्थ्य बिमा सुविधा घटाइएपछि देखिएका समस्या के कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल हुने उनले बताए।

सात सदस्यीय परिवारबाट ३ हजार ५ सय रुपैयाँ लिएर वर्षमा १ लाख बराबरको स्वास्थ्य सेवा दिइरहेको बिमा बोर्डले अस्पतालहरूलाई भुक्तानी रकम बढी भएको भन्दै सोमबार सूचना जारी गरी सुविधा ह्वात्तै घटाएको हो।

सम्बन्धित् समाचार