गृहपृष्ठ Featured कपिलवस्तु–१ मा एमाले उम्मेदवार चौधरीको प्रतिबद्धता : सीप र रोजगारीलाई प्राथमिकता

कपिलवस्तु–१ मा एमाले उम्मेदवार चौधरीको प्रतिबद्धता : सीप र रोजगारीलाई प्राथमिकता

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तु- १ मा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका विश्राम प्रसाद चौधरीले ‘सीपयुक्त युवा, आत्मनिर्भर समाज’ निर्माणलाई आफ्नो मूल ध्येयका रूपमा अघि सारेका छन्।

शनिबार बाणगंगा नगरपालिकाको वडा नं.४ मा स्थापना गरिएको क्षेत्रीय कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार चौधरीले क्षेत्र नं. १ का सम्पूर्ण मतदातासमक्ष आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

उनले जिल्ला तथा निर्वाचन क्षेत्रको भौतिक पूर्वाधार विकास तथा विस्तार, आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धि, वातावरणीय संरक्षण, संस्थागत विकास तथा सुशासन, शैक्षिक सुधार, युवाहरूको व्यावसायिक सीप विकास तथा रोजगारी सिर्जना जस्ता क्षेत्रमा विशेष पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले युवालाई सीपमूलक तालिम, रोजगारका अवसर र स्वरोजगारतर्फ प्रेरित गर्दै आत्मनिर्भर समाज निर्माण गर्ने योजनासहित आफू चुनावी मैदानमा उत्रिएको बताए।

उम्मेदवार चौधरीले विकास निर्माणका कामलाई प्राथमिकतामा राख्दै जनताको आवश्यकताअनुसार योजनाहरू कार्यान्वयन गरिने उल्लेख गर्दै निर्वाचनमा सबै मतदाताको साथ र सहयोगको अपेक्षा गरेका छन्।

सम्बन्धित् समाचार