गृहपृष्ठ Featured बस दुर्घटना हुँदा एक जनाको मृत्यु

बस दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे नजिकै १० किलोमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ। केही घाइते भएका छन्।

धादिङको थाक्रे गाउँपालिकास्थित १० किलोमा दाङबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५ ५२ नम्बरको बस र काठमाडौंबाट त्रिशुली जाँदै गरेको बागमती ००६ ख ५२०८ गरेको बस ठोक्किदा दुर्घटना भएको हो।

दुर्घटनामा १ जनाको मृत्यु भएको बताइएको छ। घाइतेको संख्या एकिन भइ सकेको छैन। दुई बस एक आपसमा ठक्कर खाइ अनियन्त्रित हुँदा दाङ बाट काठमाडौं आउदै गरेको बस स्थानीयको घरभित्र छिरेको छ।

घरभित्र छिरेको बसको ठक्करबाट चिया पिउदै गरेका स्थानीयको मृत्यु भएको हो। अहिले घाइतेको उद्धार गरि काठमाडौं पठाइँदै गरेको घटनास्थल जाँदै गरेका जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख शिशिर थापाले जानकारी दिए।

सम्बन्धित् समाचार