वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेका शत्रुधन विलास कुर्मीले आसन्न निर्वाचनमा राप्रपाका उम्मेदवार विजयी नभए देश जेन–जी आन्दोलनको भन्दा ठूलो दुर्घटनामा फस्ने बताउनुभएको छ ।
देशलाई दुर्घटनामा फस्न नदिन आम मतदाताले राप्रपालाई विजयी गराउनै पर्ने उहाँले जिकिर गर्नुभयो ।
कुर्मीले राप्रपा कुनै किसिमको धम्की दिने पक्षमा नरहेको उल्लेख गर्दै देशलाई बचाउनका लागि निर्वाचनमार्फत जनताको बलियो समर्थन आवश्यक रहेको बताउनुभयो ।
उहाँका अनुसार राप्रपाले देशलाई थप दुर्घटनाबाट जोगाउन निर्वाचनलाई उपयोग गर्ने नीति लिएको छ।
उहाँले देशको वर्तमान अवस्था गम्भीर रहेको भन्दै मतदाताले जिम्मेवार निर्णय गर्दै राप्रपाका उम्मेदवारलाई विजयी गराउनुपर्ने आवश्यकता औंल्याए।








