गृहपृष्ठ Featured अराजक गतिविधि गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

अराजक गतिविधि गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तु जिल्लाको बाणगंगा ८ का स्वघोषित सामाजिक अभियन्ता रिखिराम भट्टराईलाई ३ दिन म्याद थप गरी अनुसन्धान गर्न जिल्ला अदालत कपिलवस्तुले प्रहरीलाई अनुमति दिएको छ ।

सरकारी कागजात सार्वजनिक गरेको कसुरमा उनलाइ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मंगलबार पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।

प्रहरीले बिद्युतिय अपराध ऐन अन्र्तगत मुद्धा दर्ता गरेपछि अदालतले आज ३ दिन म्याद थपको अनुमति दिएको हो।

उनलाई जिल्ला प्रहरी कार्यालय तौलीहवामा हिरासतमा राखी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले वैखरी अनलाइनलाई जानकारी दिए ।

उनले यसअघि पनि विभिन्न ब्यक्ति, सघं सस्थाको अभियान्ताका नाममा चरित्र हत्या गर्दै आएकाले बिद्युतिय अपराध ऐनमा कसुर ठहरीन सक्ने बताइएको छ । सामाजिक सञ्जाल मार्फत तथ्यहिन बिषयहरुलाई फेसबुकमा पोस्ट गर्दै चरित्र हत्या गर्दै आएपछि उनीबिरुद्ध केहीले यसअघि पनि प्रहरीमा उजुरी दिएका थिए । उजुरी पश्चात यसरी चरित्र हत्या अवदेखि नगर्ने भन्दै प्रहरी कार्यालयमा बारम्बार क्षमा माग्दै कागज गर्दै आएका थिए ।

सामाजिक अभियन्ता हु भन्दै अबैध कार्ड लगाएर सहकारी, बन तथा बिभिन्न निकायमा जाने धम्काउने र बार्गेनिङ्ग गर्ने गरेको पाइएको स्रोतले बताएको छ ।

सामाजिक सञ्जालमा आफना अन्धभक्त साथीहरु भएको र आफुले जे पोस्ट गर्दापनि उनीहरुले बिश्वास गर्ने भएकाले  बार्गेनिङ्ग गर्ने नभए सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गराइ दिने भन्दै धम्की दिने गरेका थिए ।

उनले पछिल्लो समय आफु पुर्व एसएसपि बिक्रम सिंह थापाको नजिकको मान्छे भन्दै धम्काउने र सर्वसाधारणलाई डर त्रास देखाउदै समेत आएका थिए ।

 

 

सम्बन्धित् समाचार