गृहपृष्ठ Featured इंग्ल्यान्डलाई टक्कर दिएपछि सिड्नी थन्डर : ‘नेपाली टिमसँग खेल्न छलफलमा छौं’

इंग्ल्यान्डलाई टक्कर दिएपछि सिड्नी थन्डर : ‘नेपाली टिमसँग खेल्न छलफलमा छौं’

भारतमा जारी टी–२० विश्वकपमा नेपालले इंग्ल्यान्डसँग कडा टक्कर गरेपछि यतिखेर विश्वभरबाट नेपाली क्रिकेटमा आँखा परेको छ । गत आइतबार नेपाल बलियो इंग्ल्यान्डसँग ४ रनले हारेको थियो ।

बलियो टिमलाई टक्कर दिएपछि भारत, इंग्ल्यान्डदेखि अस्ट्रेलियामा नेपाली क्रिकेटको चर्चा चुलिएको हो । यही चर्चाका बीच अस्ट्रेलियाको बिग बास लिग (बीबीएल)को सिड्नी थन्डरसँग नेपाली टिमको खेल हुन सक्ने जानकारी दिएको छ ।

बीबीएलको पेजमा गरिएको नेपाली खेलाडीको फोटो पोस्टमा थन्डरका जीएम ट्रेन्ट कोपल्याण्डले यस्तो जानकारी दिएका हुन् । ‘हामीले नेपाली राष्ट्रिय टोलीसँग यहाँ आएर बीबीएल अभ्यास खेलहरू खेल्ने विषयमा छलफल गरेका छौं’ कोपल्याण्डको भनाइ उद्दृत गर्दै बीबीएलको पेजमा भनिएको छ । तर, नेपाल क्रिकेट संघ (क्यान)ले यसबारे कुनै जानकारी दिइसकेको छैन ।

BBL-1770808257.JPG
नेपालले दुईपटकका टी–२० विश्वकप विजेता इंग्ल्यान्डलाई टक्कर दिएपछि दक्षिण अफ्रिकी चर्चित खेलाडी डेल स्टेनले पनि नेपालले चाहे नेपाली क्रिकेटको लागि योगदान गर्न तयार रहेको बताएका छन् ।

भारतका आईपीएल टिम, स्टार क्रिकेटरदेखि मिडियासम्मले नेपाली क्रिकेटको प्रसंशा गरेका छन् । नेपालका सन्दीप लामिछानेले बीबीएलको मेलबर्न स्टार्स र होबार्ट हुरिकेन्सबाट व्यावासायिक लिग खेलिसकेका छन् ।

सम्बन्धित् समाचार