गृहपृष्ठ Featured कपिलवस्तु-१ का उम्मेदवार कुँवरले भने- सही–गलत छुट्याएर निर्णय गर्ने समय आएको छ

कपिलवस्तु-१ का उम्मेदवार कुँवरले भने- सही–गलत छुट्याएर निर्णय गर्ने समय आएको छ

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार कृष्ण कुँवरले जनताले अब सही र गलत व्यक्ति छुट्याएर निर्णय गर्ने समय आएको बताएका छन् ।

उनले नेताले काम गरेनन् भन्दै गाली गर्नुको सट्टा निर्वाचनमार्फत सही व्यक्तिलाई चिनेर अनुमोदन गर्नु नै लोकतन्त्रको सबल अभ्यास हुने धारणा व्यक्त गरे ।

कुँवरले अहिले पनि इमान्दार र योग्य उम्मेदवारलाई नछान्ने हो भने समाज अझै पछाडि पर्ने चेतावनी दिए । उनले जनतालाई पार्टीभन्दा माथि उठेर असल, इमान्दार र काम गर्न सक्ने व्यक्तिलाई मतदान गर्न आग्रह गर्दै फागुन २१ गते हुने निर्वाचनमा विवेक प्रयोग गर्न आह्वान गरे ।
उनले “यो समाजमा इमान्दारले टिकट पाउँदैनन् भन्ने धारणा छ, तर म त्यसको उदाहरण हुँ,” भन्दै आफू कुनै रहरले उम्मेदवार बनेको नभई जनताको आग्रहपछि तारा चिन्ह लिएर चुनावी मैदानमा उत्रिएको बताए ।

“अब भ्रष्टलाई जिताउने कि इमान्दारलाई, त्यो निर्णय जनताकै हातमा छ,” उनले भने ।

कुँवरले आफू सस्ता भाषण नगर्ने स्पष्ट पार्दै सस्ता भाषण दिने नेताले समाजको हित नगर्ने बताए । “म नेता जस्तो बोल्न जान्दिनँ, तर जे बोल्छु, त्यो गरेर देखाउँछु,” उनले दाबी गरे ।

सम्बन्धित् समाचार