गृहपृष्ठ खबर दोस्रो राजेश स्मृति खुल्ला-5A साईड फुटबल सुरु : फ्रिडम र आस्था समूह विजयी

दोस्रो राजेश स्मृति खुल्ला-5A साईड फुटबल सुरु : फ्रिडम र आस्था समूह विजयी

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १ मा दोस्रो राजेश स्मृति खुल्ला 5A साईड फुटबल प्रतियोगिता सुरु भएको छ । राजेश स्मृति फाउण्डेसनको आयोजनामा प्रतियोगिता बुधबारदेखि सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा फ्रिडम फाउण्डेशनले विजयी सुरुवात गरेको छ । फ्रिडमले राजेश स्मृति फाउण्डेसनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै जित हासिल गरेको हो । उक्त खेलमा फ्रिडमका खेलाडी सुभम रेस्मी उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ दि म्याच ‘घोषित भए ।

त्यस्तै, बुधबार नै सम्पन्न दोस्रो खेलमा आस्था समूह बुटवलले निष्पक्ष सेवा केन्द्र अस्नैयालाई पराजित गर्दै जित हात पारेको छ । दोस्रो खेलमा आस्था समूहका डेभिड क्षेत्री ‘म्यान अफ दि म्याच’ घोषित भए ।

बुधबारदेखि सुरु भएको यो प्रतियोगिता आगामी फागुन २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधि जित्ने टोलीले नगद रु. ५१ हजार १११ तथा उपविजेता टोलीले रु. २५ हजार ५५५ नगद पुरस्कार प्राप्त गर्नेछ ।

साथै विजेता तथा उपविजेता टोलीलाई शिल्ड, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने राजेश स्मृति फाउण्डेसनका अध्यक्ष दिनेश सेनले जानकारी दिनुभयो ।

प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता विकास गर्दै युवालाई खेलतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित् समाचार