गृहपृष्ठ Featured विवाह समारोहमै अमेरिकाले गरेको आक्रमणको बदला लिने इरानको घोषणा

विवाह समारोहमै अमेरिकाले गरेको आक्रमणको बदला लिने इरानको घोषणा

इरानले विवाह समारोहमै अमेरिकाले गरेको हवाई हमलाको बदला लिने बताएको छ।

इरानको रिभोलुसनरी गार्डका कमान्डर अहमद वाहिदीले देशको दक्षिणी क्षेत्रमा एक विवाह समारोहमै आक्रमण हुँदा मारिएकाहरूको मृत्युको बदला लिने वाचा गरेका हुन्।

बीबीसी अरबीका अनुसार बिहीबार इरानको सरकारी टेलिभिजनमा प्रसारित विज्ञप्तिमा वाहिदीले भनेका छन्, ‘सहिदहरूको पवित्र रगत व्यर्थ जाने छैन र हामी निश्चित रूपमा बदला लिनेछौँ।’

गत मंगलबार राति हर्मुज स्ट्रेटस्थित इरानको तटीय सहरमा हवाई आक्रमण भएको थियो।

त्यस क्रममा विवाह समारोह भइरहेको घरमा क्षेप्यास्त्र लागेको थियो। हमलामा एक बच्चा सहित कम्तीमा चार जनाको मृत्यु भएको र ६८ जना घाइते भएको इरानी अधिकारीले बताएका छन्।

यसैबिच इरानले बिहीबार कुवेतमा आक्रमण सुरु गरेको दाबी गर्दै “अमेरिकी हित”लाई निसाना बनाइएको बताएको छ।

 

सम्बन्धित् समाचार