नविन भुसाल, बाणगंगा ।
कपिलवस्तु जिल्लाको कार्यसम्पादनमा बाणगंगा नगरपालिका पहिलो भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को कार्यसम्पादन मूल्याङ्कनअनुसार जिल्लाको बाणगंगा नगरपालिकाले ७४.३० अङ्क प्राप्त गर्दै ७५३ पालिकामध्ये पहिलो भएको हो ।
जिल्लाको दोस्रो स्थानमा रहेको महाराजगञ्ज नगरपालिकाले ६७.८० अङ्क प्राप्त गरेको छ ।
यसैबिच देशभरमा कार्यसम्पादनमा सबैभन्दा कमजोर रौतहटको देवाही गोनाही नगरपालिका परेको छ । देवाहीले ३०.९१ अङ्क मात्रै प्राप्त गरेको छ । प्रायः मधेशका पालिका कमजोर देखिएका छन् ।
यसैबीच देशका ६ वटा महानगरमध्ये विराटनगर महानगरपालिका ७८.११ अङ्कसहित सबैभन्दा बलियो देखिएको छ भने सङ्घीय राजधानी रहेको काठमाण्डौ महानगरपालिका ४४.९७ अङ्कसहित सबैभन्दा कमजोर रहेको छ ।
दोस्रो स्थानमा परेको ललितपुर महानगरपालिकाले ७६.३३ प्रतिशत अङ्क पाएको छ । यस्तै तेस्रो भएको भरतपुरले ६८.०४ अङ्क, चौथो भएको पोखराले ५८.०४ र पाँचौँ स्थानमा रहेको वीरगञ्ज महानगरले ५४ अङ्क पाएको छ ।
आयोगले बजेट तर्जुमा र कार्यान्वयन, राजस्व परिचालन, लेखापरीक्षण, शिक्षा, स्वास्थ्य र सुशासनलगायतका १७ सूचकका आधारमा मूल्याङ्कन गरेको हो ।
कपिलवस्तु जिल्लाका पालिकाको कार्यसम्पादन मुल्याकंन यस्तो छ।









