मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले चुनाव सार्ने भए चार दिनअघि सार्न आग्रह गरेका छन्। इटहरीमा मंगलबार आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले चुनाव चार दिनअघि सारे आफूलाई ठीक हुने बताएका हुन्।
इटहरीमा रास्वपा सभापति लामिछाने र प्रधानमन्त्रीमा प्रस्तावित बालेन शाह चुनावी सभामा एकसाथ सहभागी भएका थिए।
रास्वपा सभापति लामिछानेले कार्यक्रममा चुनाव सार्ने भए चार दिन अघि सार्नुपर्ने बताए।
उनले भने- चुनाव सारौं सारौं भन्नेहरुलाई यति भन्न चाहन्छु, चुनाव सार्ने भए चार दिन अघि सारौँ, हामीलाई ठिक छ ।’
चुनाव सर्दैछ वा चुनाव सार्नुपर्छ भन्ने हल्लाहरूबीच मंगलबार लामिछानेको अभिव्यक्ति आएको हो।








