राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेशका महामन्त्री चन्द्रा विक र सुर्खेतका कार्यवाहक (कावा) जिल्ला सभापति जगत बस्नेतले पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान आयोजित एक समारोहमा उनीहरूसहित रास्वपा छाडेका दर्जनौँ व्यक्तिलाई खादा–मालाले पार्टीमा स्वागत गरे।








