गृहपृष्ठ Featured गुल्मीका रास्वपा नेता दामाेदरले छाडे पार्टी

गुल्मीका रास्वपा नेता दामाेदरले छाडे पार्टी

रुपन्देही ।

पार्टीको उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै गुल्मीको क्षेत्रनम्बर १ बाट २०७९ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका दामोदर भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेको घोषणा गरेका छन्।

सामाजिक सन्जालमा उनले पार्टी छाडेको घोषणा गर्दै पार्टीको साधारण सदस्यता तथा सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको उनले जनाएका छन् ।

भण्डारीले योगदान, त्याग र इमान्दारीभन्दा पहुँच र प्रभावलाई प्राथमिकता दिएर उम्मेदार छनोट गरेको आरोप लगाउँदै उनले प्रक्रियाविहीन तथा अपारदर्शी ढंगबाट उम्मेदवार चयन गरिएको उल्लेख गरेका छन् ।

पार्टीले बोलेका मूल्य, विधि र राजनीतिक नैतिकतासँग गम्भीर रूपमा बाझिएको उनले बताएका छन्।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा भण्डारी गुल्मी–१ बाट रास्वपाका उम्मेदवार बनेका थिए।

रास्वपा त्यो समयमा प्रत्यक्षतर्फ १,८८२ मत र समानुपातिकतर्फ ८,११६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको थियो ।

सम्बन्धित् समाचार