गृहपृष्ठ Featured कपिलवस्तुमा चैत्र २ गतेबाट ऐतिहासिक हथौसा मेला लाग्ने

कपिलवस्तुमा चैत्र २ गतेबाट ऐतिहासिक हथौसा मेला लाग्ने

वैखरी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–११ हथौसास्थित खेल मैदानमा चैत्र २ गतेदेखि ८ गतेसम्म ऐतिहासिक हथौसा मेला आयोजना हुने भएको छ ।

हरेक वर्ष महाशिवरात्रिको अवसर पारेर आयोजना हुँदै आएको उक्त मेला यस वर्ष भने निर्वाचनका कारण केही ढिला गरी सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।

मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय कला–संस्कृतिको प्रदर्शन, व्यापारिक स्टल, बालबालिकाका मनोरञ्जनात्मक खेल सञ्चालन हुने स्टल संयोजक शेराज अहमदले वैखरीलाई जानकारी दिए ।

कपिलवस्तुसहित आसपासका जिल्लाबाट हजारौँ दर्शक तथा भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ ।

स्थानीय कला, संस्कृति र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यो मेला क्षेत्रकै पुरानो र लोकप्रिय मेलामध्ये एक मानिन्छ।

सम्बन्धित् समाचार