गृहपृष्ठ खबर बाणगंगा- ६ मा भएको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय बढी लाभान्वित

बाणगंगा- ६ मा भएको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय बढी लाभान्वित

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–६ मा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ४०१ जना सेवाग्राही लाभान्वित भएका छन्।

शनिबार खैरेनीचौर सामुदायिक वन उपभोक्ता समूहको आयोजना, वडा नं। ६ को सहयोग तथा मल्टीस्पेसियलिटी सेन्टर प्रा।लि। बुटवलको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविर खुटनी गाउँमा सम्पन्न भएको हो। शिविरमा वडा नं। ५ र ६ का स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

शिविरमा जनरल फिजिसियन सेवा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, स्त्री तथा महिला रोग परीक्षण, भिडियो एक्स–रे लगायतका स्वास्थ्य सेवाहरू प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै वडा नं। ६ का वडाध्यक्ष करुण टण्डनले ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो। उहाँले यस्ता स्वास्थ्य शिविरले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन सक्ने नागरिकलाई प्रत्यक्ष राहत पुगेको उल्लेख गर्दै आगामी दिनमा पनि स्वास्थ्यसँग सम्बन्धित जनमुखी कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

वडाध्यक्ष टण्डनले स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समूह तथा प्राविधिक सहयोगी संस्थाको समन्वयमा सञ्चालन गरिएको शिविर सफल भएको भन्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको समेत जानकारी दिनुभयो।

शिविरमा स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श तथा उपचारसम्बन्धी सुझाव समेत प्रदान गरिएको थियो। स्थानीयवासीले गाउँमै विशेषज्ञ चिकित्सकबाट सेवा पाउँदा खुसी व्यक्त गरेका छन्।

सम्बन्धित् समाचार