गृहपृष्ठ Featured लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर

लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर

लेबनान, इजरायल र अमेरिकाले मध्यपूर्वमा शान्ति स्थापनाको मार्ग प्रशस्त गर्ने उद्देश्यले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकामा भएको पाँचौ चरणको वार्तापछि भएको यो सम्झौतामा लेबनानी सेनाले इजरायलले कब्जा गरेका क्षेत्रहरूको नियन्त्रण लिने र हिजबुल्लाहलाई निशस्त्र पार्ने प्रक्रिया अघि बढाउने उल्लेख रहेको समाचारसंस्था एएफपीले जनाएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो सम्झौताले स्थायी शान्ति र सुरक्षाको ढाँचा निर्माण गर्न थालेको बताउनुभयो । साथै अमेरिकाले मानवीय सहायताका लागि १० करोड डलर उपलब्ध गराउने पनि समझौतामा उल्लेख छ ।

तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहले हतियार नछोडेसम्म इजरायली सेना लेबनानबाट नफर्किने बताउनुभएको छ । हिजबुल्लाहका प्रमुख नईम कासिमले इजरायलले बिनाशर्त लेबनानी भूमि छोड्नुपर्ने माग गर्नुभएको छ ।

यस द्वन्द्वमा अहिलेसम्म १० लाखभन्दा बढी लेबनानी विस्थापित भएका छन् भने चार हजार दुई सयभन्दा बढीको ज्यान गएको छ ।

सम्बन्धित् समाचार