गृहपृष्ठ Featured कागका कारण उपत्यकामा बर्डफ्लु फैलियो : विभाग

कागका कारण उपत्यकामा बर्डफ्लु फैलियो : विभाग

काठमाण्डौ — पशु सेवा विभागले कागका कारण काठमाण्डौ उपत्यकामा बर्डफ्लु फैलिएको बताएको छ । विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको र नियन्त्रण गर्न कठिन भएको हो ।

कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिने तर बर्डफ्लु देखिएका कागलाई  नियन्त्रणमा  लिन नसकिने भन्दै उहाँले चिडियाखाना लगायत धेरे ठाउँमा कागले सङ्क्रमण सारेको दावी गर्नुभयो ।

कागमा देखिएको सङ्क्रमण २१ दिनसम्म रहने भएकाले धेरै नै बर्डफ्लु रोग सार्न सक्ने उहाँको भनाइ छ । अहिले काठमाण्डौ उपत्यकाका तीनै जिल्लामा बर्डफ्लु देखिएको छ । उहाँका अनुसार अहिले देशभर ११ जिल्लाका एक सय ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएको छ ।

विभागका अनुसार उपत्यकामा किर्तिपुर र कागेश्वरी मनहरा बाहेक सबै ठाउँमा बर्डफ्लु नियन्त्रण लिइसकेको छ । बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको एक सङ्क्रामक रोग हो ।

सम्बन्धित् समाचार