गृहपृष्ठ खबर विष्णु पाैडेलविरुद्ध ३ दिन म्याद थप

विष्णु पाैडेलविरुद्ध ३ दिन म्याद थप

काठमाण्डाै – विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिन हसरासतमा राख्न अनुमति दिएकाे छ ।

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पौडेललाई आज म्याद थपका लागि सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा पेश गरेको थियो । न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थपको अनुमति दिएको हो ।

पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको पत्रअनुसार प्रहरीले असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो । पौडेललाई शेयर कारोबार र सम्पत्तिको शङ्कास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको विभागले जनाएको छ ।

सम्बन्धित् समाचार