गृहपृष्ठ Featured कपिलवस्तु नगरका १५ विद्यालयलाई क्रिकेट सामग्री वितरण

कपिलवस्तु नगरका १५ विद्यालयलाई क्रिकेट सामग्री वितरण

 तौलिहवा ।
कपिलवस्तु नगरपालिकाको सहयोगमा कपिलवस्तु क्रिकेट सङ्घले नगर क्षेत्रभित्र रहेका १५ वटा माध्यमिक विद्यालयलाई क्रिकेट सामग्री वितरण गरेको छ।

विद्यालयस्तरबाटै क्रिकेट खेलको विकास र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको हो । एक कार्यक्रमका बीच नगर प्रमुख सुदीप पौडेल, कपिलवस्तु क्रिकेट सङ्घका अध्यक्ष प्रकाश गैरे लगायतको टोलीले विद्यालयका प्रतिनिधिलाई क्रिकेट सामग्री हस्तान्तरण गरेका हुन्।

प्रत्येक विद्यालयलाई चार वटा ब्याट, क्रिकेट बल, ग्लोभ्स, स्टम्पलगायत अभ्यासका लागि आवश्यक सामग्री प्रदान गरिएको क्रिकेट सङ्घले जनाएको छ।

सामग्री वितरणपछि विद्यालयका विद्यार्थीलाई नियमित क्रिकेट अभ्यास सञ्चालन गर्न सहज हुने विश्वास लिइएको छ।

नगर प्रमुख पौडेलले खेलकुद युवाको शारीरिक तथा मानसिक विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै विद्यालयस्तरबाटै खेल गतिविधिलाई प्रोत्साहन गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए।

सम्बन्धित् समाचार