गृहपृष्ठ Featured ‘लफङ्गा’ पाराले संविधान संशोधन हुन सक्दैन : गगन थापा

‘लफङ्गा’ पाराले संविधान संशोधन हुन सक्दैन : गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखिएको भन्दै ‘लफङ्गा’ पाराले संविधान संशोधन हुन नसक्ने टिप्पणी गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति थापाले सरकारले संविधान संशोधनका नाममा संविधान निर्माणका क्रममा राखिएका सूक्ष्म पक्षलाई हलुका रूपमा लिइरहेको बताउनुभयाे ।

थापाले संविधान संशोधन र पुनरावलोकन आवश्यक भए पनि हतार, हचुवा र गैरजिम्मेवार शैलीमा अघि नबढाउन सरकारलाई चेतावनीसमेत दिनुभयो । उहाँले संविधान संशोधनमार्फत राज्यका संस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

संविधानमा भएका भाषा, जाति र विविधताको विषयमा छेडखानी भए देशमा द्वन्द्व फैलिनेतर्फ सरकार सचेत हुनुपर्ने सभापति थापाकाे भनाइ छ ।

सम्बन्धित् समाचार