गृहपृष्ठ Featured विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

उदयपुरको बेलका नगरपालिका–९ रामपुरमा विद्युत कर्मचारीको करेन्ट लागेर ज्यान गएको छ।

रामपुर नगर अस्पताल नजिकै विद्युतको पोलमा चढेर मिटर बक्सको तार जोड्ने क्रममा करेन्ट लाग्दा नेपाल विद्युत प्राधिकरण रामपुरमा कार्यरत ४० वर्षीय मिलन राईको ज्यान गएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।

पोलमा चढेको बेलामा करेन्ट लाग्दा उनी भुईँमा खसेका थिए। उनलाई तत्कालै उपचारका लागि रामपुर नगर अस्पतालमा उपचार गरी थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल ल्याइएको थियो।

उनको उपचारकै क्रममा चिकित्सकले बुधबार दिउँसो मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाको बारेमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट अनुसन्धान भईरहेको छ।

सम्बन्धित् समाचार