गृहपृष्ठ Featured ट्रम्पको आरोप: इरानले ११ घण्टा वार्ता गरेर अन्तिममा कुरा फेर्‍यो

ट्रम्पको आरोप: इरानले ११ घण्टा वार्ता गरेर अन्तिममा कुरा फेर्‍यो

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ११ घण्टाको वार्तापछि अन्तिम समयमा पछि हटेको आरोप लगाएका छन्।

उनले अमेरिकासँग हुनै लागेको सम्झौता इरानले अन्तिम समयमा ‘तोडेको’ दाबी गरेका छन्।

बीबीसीका अनुसार ट्रम्पले फक्स न्युजसँग फोन वार्तामा इरानसँग भएको पछिल्लो वार्ताबारे बताएका हुन्।

‘इरानले हिजो (आइतबार) ११ घण्टा वार्ता गर्‍यो। सबै विषयमा लगभग सहमति भइसकेको थियो’, उनले भनेका छन्, ‘बैठकपछि इरानी प्रतिनिधिहरू कोठाबाट बाहिरिए। त्यसपछि फेरि सम्पर्क गरेर केही परिवर्तन गर्नुपर्‍यो भने।’

ट्रम्पले थपे, ‘तिनीहरू पेसेवर वार्ताकार हुन्, तिनीहरूको कामै त्यही हो।’

 

सम्बन्धित् समाचार