गृहपृष्ठ Featured गुल्मीमा बाढीले ट्याक्टर र मोटरसाइकल बगायो

गुल्मीमा बाढीले ट्याक्टर र मोटरसाइकल बगायो

गुल्मी ।
अविरल वर्षापछि गुल्मीका विभिन्न स्थानमा आएको बाढीले एउटा ट्याक्टर र मोटरसाइकल बगाएको छ । दुवै सवारीका चालक भने सकुशल रहेका छन् ।

जिल्लाको कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाटस्थित पातुखोलामा पानीको बहाव बढ्दा कालीगण्डकी गाउँपालिका–२ निवासी २४ वर्षीय खेमबहादुर मगरले चलाएको लु ४ त ४४२३ नम्बरको ट्याक्टर खोला तर्ने क्रममा बीच भागमै फसेको थियो ।सूचना प्राप्त हुनासाथ प्रहरी चौकी पुर्तिघाटबाट खटिएको टोलीले चालकको सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।

यस्तै, मालिका गाउँपालिका–७ टुनीखोलामा माथिबाट आएको लेदोसहितको बाढीले लु ७२ प ९९७१ नम्बरको मोटरसाइकल करिब ५०० मिटर तल बगाएको थियो । मोटरसाइकल चालक मालिका गाउँपालिका–५ निवासी २४ वर्षीय सुनील दर्जी भने सुरक्षित रहेका छन् ।

दुवै घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सम्बन्धित् समाचार