गृहपृष्ठ Featured लुम्बिनीमा २० प्रतिशत खेत रोप्न बाँकी

लुम्बिनीमा २० प्रतिशत खेत रोप्न बाँकी

लुम्बिनी प्रदेशका १२ जिल्लाको २० प्रतिशत खेतमा अझै धान रोप्न बाँकी छ । धान उत्पादनमा महत्वपूर्ण योगदान गर्ने लुम्बिनी प्रदेशमा साउन १ सम्म ८०.६४ प्रतिशत रोपाइँ भएको हो ।

समयमै वर्षा भएको भए अहिलेसम्म ९० प्रतिशत रोपाइँ भइसक्ने लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयले जनाएको छ । लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३ सय ७२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्छ ।

अहिलेसम्म २ लाख ४३ हजार ४१ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको प्रदेश कृषि विकास निर्देशनालयका सूचना अधिकारी तथा वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेले बताए । ‘सिँचाइ कुलो भएका र समयमा वर्षा भएका स्थानमा धेरै रोपाइँ भएको छ,’ उनले भने, ‘कतिपय स्थानमा पानी पर्याप्त भएकाले छिट्टै रोपाइँ भएको छ ।’

निर्देशनालयका अनुसार रुपन्देहीमा कुल ६३ हजार ५५० हेक्टर मध्ये ६० हजार ३७३ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले पठाएको तथ्यांक अनुसार नवलपरासीमा २० हजार ८८७ हेक्टरमध्ये २० हजार ३६३ हेक्टरमा, कपिलवस्तुमा ६६ हजार २६५ मध्ये ४० हजार २६९ हेक्टरमा, पाल्पामा ७ हजार २८७ मध्ये ६ हजार १९४ हक्टरमा, गुल्मीमा ६ हजार ५४१ मध्ये ४ हजार ९७१ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

सम्बन्धित् समाचार