काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिल देशमा पञ्चायतकालभन्दा पनि दमनसहितको शासन चलिरहेको बताएका छन् ।
पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पञ्चायतकालमा पनि यस्तो बर्बरता थिएन ।’
त्यस्तै उनले प्रहरीको भूमिका माथि पनि प्रश्न उठाए ।
‘कुन दमन कुन बर्बर्ता ? कुन राणा शासनमा छु भन्ने लागेको छ सरकारलाई ? प्रहरी फेरि के भएको हो ?,’ ओलीले थपे, ‘यिनीहरूले नै हैन अस्ति प्रहरीलाई लखेटी लखेटी दु:ख दिएको ? अहिले केही प्रहरी तिनैको आदेशमा दमन गर्न लागिपरेका छन् ।’
उनले सरकार आफैँ सच्चिएन भने सरकारको दमनलाई रोक्न जनता जाग्नुपर्ने पनि बताए ।







