गृहपृष्ठ खबर तराई-मधेशमा प्रदर्शनमा उत्रिएका ३६ जना पक्राउ

तराई-मधेशमा प्रदर्शनमा उत्रिएका ३६ जना पक्राउ

तराई-मधेशका विभिन्न जिल्लाबाट प्रदर्शनमा उत्रिएका ३६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

कर्फ्यु लगाइएका क्षेत्रमा नियम तोडेर प्रदर्शन लगायत सामाजिक सद्भाव खलल पुर्‍याएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। सबैभन्दा धेरै धनुषमा पक्राउ परेका छन्।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार धनुषाबाट १९ जना, सर्लाहीबाट नौ जना, सिराहाबाट पाँच जना, महोत्तरीबाट दुई जना र पर्साबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आज पनि सुनसरीसहित सिरहा, सप्तरी, धनुषामा कर्फ्यु लगाइएको छ। पर्सामा निषेधाज्ञा जारी छ।

बिहीबारको तुलनामा प्रदर्शन कम भएको छ। सिरहामा भने केहीबेर झडप भएको थियो।

त्यस्तै, सुनसरीका मृतक दुवैका परिवारले गृहमन्त्रीसँग सहमति भएपछि शव बुझेका छन्। तराईका जिल्लामा सद्भाव र्‍याली पनि निकालिएको छ।

सम्बन्धित् समाचार