गृहपृष्ठ Featured कपिलवस्तुमा वन व्यवस्थापनबाट ३३ करोडभन्दा बढी राजस्व सङ्कलन

कपिलवस्तुमा वन व्यवस्थापनबाट ३३ करोडभन्दा बढी राजस्व सङ्कलन

कपिलवस्तु। कपिलवस्तुमा वन व्यवस्थापनबाट करिब ३३ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमासिक अवधिमा वन व्यवस्थापन र संरक्षणका क्षेत्रबाट उक्त राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालय कपिलवस्तुले गत आर्थिक वर्षमा २५ करोड ४१ लाख ७९ हजार ७ सय ८८ रुपियाँ राजस्व सङ्कलन गरेको डिभिजनल वन प्रमुख प्रभात सापकोटाले बताउनुभयो ।

वन व्यवस्थापनको विभिन्न कार्यक्रमहरूमार्फत सामुदायिक, साझेदारी र सरकारी वनहरूबाट कुल ५ लाख २४ हजार ९ सय १६ क्युबिक फिट काठ र ९७३ चट्टा दाउरा उत्पादन गरिएको छ । कार्यालयले ४९ वटा सामुदायिक र २ वटा साझेदारी वनमा पुनरुत्पादन कटान कार्य सम्पन्न गरेको छ । २५ वटा सामुदायिक वनमा थिनिङ कार्य योजना लागू गरेको सूचना अधिकारी यादव सापकोटाले बताउनुभयो ।

यसैगरी डिभिजन वन कार्यालय ९गौतम बुद्ध० शिवराज कपिलवस्तुले साढे ७ करोड राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । डिभिजनको कार्यक्षेत्रमा रहेका तीन साझेदारी वनबाट एक लाख १० हजार क्युफिट काठ, ३५ सामुदायिक वन उपभोक्ता समूहबाट १ लाख ९० हजार क्युफिट काठ उत्पादन गरिएको थियो ।

वन्यजन्तु संरक्षण र उद्धारमा सक्रियता डिभिजन वन कार्यालय कपिलवस्तुले बस्तीमा पसेका वा जोखिममा रहेका कुल ९५ वटा वन्यजन्तुको उद्धार गरिएको छ । उद्धार गरिएका वन्यजन्तुहरूमा ४७ गोमन सर्प, १७ करेत, १५ धामन, ७ अजिङ्गर र ५ वटा चित्तल लगायत छन् ।

गोरखापत्र

सम्बन्धित् समाचार