गृहपृष्ठ Featured आज दुर्लभ खग्रास सूर्यग्रहण लाग्ने, तर नेपालबाट नदेखिने

आज दुर्लभ खग्रास सूर्यग्रहण लाग्ने, तर नेपालबाट नदेखिने

काठमाण्डौ – आज दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ ।

यो खगोलीय घटना नेपालसहित एसियाका धेरैजसो भागबाट भने देखिने छैन । नासाका अनुसार यो सन् १९९९ पछि मुख्य भूमि युरोपमा देखिने पहिलो पूर्ण सूर्यग्रहण हो । यसको पूर्ण स्वरूप ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तरी रुस, आन्ध्र महासागर, स्पेन तथा पोर्चुगलको सानो भू–भागबाट देखिनेछ । पूर्ण खग्रास ग्रहणको मार्गमा झण्डै एक करोड ५० लाख मानिस पर्ने अनुमान छ ।

त्यस्तै, उत्तरी गोलार्धका अन्य धेरै ठाउँबाट आंशिक ग्रहण देखिने भएकाले त्यस क्षेत्रका मानिसले सूर्यको केही भाग चन्द्रमाले ढाकेको दृश्य अवलोकन गर्न सक्नेछन् । पूर्ण ग्रहणको चरणमा चन्द्रमाले सूर्यको उज्यालो भागलाई पूर्ण रूपमा ढाक्नेछ ।

नासाका अनुसार उत्तरी अमेरिकामा ग्रहण बिहानदेखि दिउँसोसम्म देखिनेछ भने युरोप र अफ्रिकामा बेलुकातिर देखिनेछ । पूर्ण ग्रहण देखिने अवधि दुई मिनेटभन्दा कम हुने नासाको अनुमान छ । तर, केही ठाउँमा यो अवधि दुई मिनेटभन्दा केही बढी रहन सक्छ ।

सम्बन्धित् समाचार