गृहपृष्ठ Featured पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले आठौं हुँदै जित्यो झन्डै दुई करोड पुरस्कार

पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले आठौं हुँदै जित्यो झन्डै दुई करोड पुरस्कार

नेपालको इस्पोर्ट्स टिम होराले पब्जी मोबाइल विश्वकपमा आठौं भएको छ।

फ्रान्सको पेरिसमा भएको विश्वकपमा आठौं भएसँगै होराले कुल पुरस्कार १ करोड ९४ लाख बढी रुपैयाँ जित्न सफल भएको छ।

समूह चरणमा ५७ हजार डलर तथा फाइनल राउन्डको ७० हजार गरी उसले कुल १ लाख २७ हजार अमेरिकी डलर पुरस्कार हात पारेको हो।

होराले आफूले खेलेको १८ खेलमा १०९ रन अंक बटुलेको थियो। यसअघि समूहमा चौथो भएपछि होरा फाइनल राउन्ड र ५७ हजार डलर पुरस्कार पक्का गरेको थियो।

समूह चरण पार गर्ने टोली १६ टोलीलाई वरीयताअनुसार पुरस्कार दिने व्यवस्था छ। जसमा च्याम्पियन टोलीले ५ लाख डलर  पुरस्कार पएको छ।

सम्बन्धित् समाचार