काठमाण्डाै – सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) को घिउ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा निर्यात हुन थालेको छ ।
डीडीसीले पहिलो चरणमा झन्डै साढे ५ लाख रुपैयाँ बराबरको घिउ दुबई पठाएको हो । डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतमका अनुसार निजी क्षेत्रको कम्पनी रातो र चन्द्र–सूर्य इन्टरनेशनलसँग भएको सम्झौताअनुसार पहिलो चरणमा घिउ दुबई निर्यात भएको छ ।
दुबईमा मातृभूमि प्राइभेट लिमिटेडले घिउकाे बजार व्यवस्थापन गर्नेछ । वर्षमा न्यूनतम ५० हजार किलो घिउ निर्यात गर्ने गरी दुग्ध विकास संस्थान तथा र रातो र चन्द्र–सूर्य कम्पनीबीच सम्झौता भएको थियो ।
अरू केही देशमा डीडीसीको घिउ यसअघि निर्यात हुँदै आएकोमा दुबईमा आज पहिलो पटक पठाएको गौतमले बताउनुभयो ।
यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सामाजिक सञ्जालमा डीडीसीको उत्पादन प्रवर्द्धन गर्दै पोस्ट गरेपछि उपभोक्ताको चासो थप बढेको थियो ।







