गृहपृष्ठ Featured विनाषकारी बाढीमा लुम्बिनी प्रदेशका २ सय ४५ जना सम्पर्क विहीन (नामावली सहित)

विनाषकारी बाढीमा लुम्बिनी प्रदेशका २ सय ४५ जना सम्पर्क विहीन (नामावली सहित)

बुटवल । भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीमा परेका लुम्बिनी प्रदेशका २ सय ४५ जना नागरिक सम्पर्कविहीन रहेको प्रदेश सरकारले जनाएको छ ।

लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालय अन्तर्गतको विपद् महाशाखाले भदौ १९ गते साँझ ६ बजेसम्म संकलन गरेको विवरणअनुसार प्रदेशका १२ जिल्लाबाट रोजगारी, जलविद्युत आयोजना, सडक निर्माण तथा अन्य कामका सिलसिलामा बाढी प्रभावित जिल्लाहरुमा कार्यरत २४५ जना सम्पर्कविहीन रहेका छन् ।

मन्त्रालयले यो प्रारम्भिक विवरण भएकाले केही व्यक्ति पछि सम्पर्कमा आइसकेका तथा कतिपयको शव पहिचान भइसकेकाले केही संख्या फरक हुन सक्ने जनाएको छ ।

महाशाखाको विवरणअनुसार सबैभन्दा धेरै बर्दियाका ७३ जना सम्पर्कविहीन छन् । त्यसपछि दाङका ५४, रोल्पाका २५, बाँकेका २३, रुपन्देहीका १८, नवलपरासी पश्चिमका ९, पाल्पाका ९, प्युठानका ९, अर्घाखाँचीका ८, गुल्मीका ७, कपिलवस्तुका ६ र रुकुम पूर्वका ४ जना सम्पर्कविहीन रहेको उल्लेख छ ।

नवलपरासी पश्चिमबाट सुजन श्रेष्ठ, सविना मिश्रा, सनी चौधरी, माधव चौधरी, सर्जु चौधरी, सन्दिप क्षेत्री, यादव भण्डारी, भीमबहादुर विक, प्रहरी सहायक हवल्दार हरेन्द्र यादव र शिव न्यौपानेको नाम सूचीमा छ ।

रुपन्देहीबाट सम्पर्कविहीन सूचीमा निरज बाबु रेग्मी, अब्दुल खान, शिवनाथ थारू, प्रहरी जवान सन्दिप भर, अन्ष गिरी, अनुप पुन, महेश आचार्य, गणेश ज्ञवाली, जीवन चौधरी, लिलकुमार सुनार, जिवलाल अधिकारी, शिवप्रसाद चौधरी, बसन्त थारू, निराजन पंगेनी, धनबहादुर परियार, अस्विन अधिकारी, अस्मित अधिकारी र शिशिर विक रहेका छन् । उनीहरूमध्ये अधिकांश जलविद्युत् आयोजना तथा निर्माण क्षेत्रमा काम गर्न रसुवा पुगेका थिए । रुपन्देहीमा स्थानीय प्रशासनले सार्वजनिक गरेको विवरण भने प्रदेशको सूचीभन्दा अझै बढी रहेको छ ।

बर्दियाबाट सम्पर्कविहीनको सूचीमा अनिल थारू, गजल घर्ती, गरिमा घर्ती, टेकबहादुर चन्द, डिला घर्ती, मनबहादुर मेदासी, लक्ष्मी बुढा, शिवलाल बुढा, अमर थापा, तारा उपाध्याय, शिक्षा पौडेल, शिवान पौडेल, सोमनाथ पौडेल, आशिषकुमार थारू, दीपक चौधरी छन् ।

यस्तै दिपेन्द्र थारू, फुलमाया तामाङ, फुलराम थारू, बामदेव थारू, रमेश थारू, सन्तोषकुमार थारू, खड्कप्रसाद थारू, गोपाल दहित, प्रशुनारायण थारू, सन्तराम थारू, रमेशकुमार थारू, राधाकृष्ण थारू, करण चौधरी, खुमलाल खत्री, टुलबहादुर खत्री, विष्णु चौधरी, कृष्ण थारू, रोशन थारू, विनोद शाह पनि सम्पर्कविहीन छन् ।

यस्तै सुजन थारू, विष्णु चौधरी, सम्झना चौधरी, दिनेशकुमार थारू, नरेन्द्र थारू, पञ्चराम थारू, पदम चौधरी, राजकुमार थारू, विकास थारू, सन्तोष न्यौपाने, खुसीराम थारू, जगत भोगरिया थारू, मनोजकुमार थारू, सर्वेश थारू, सुरेन्द्र थारू, अर्जुन चौधरी, शिशिर गिरी, शैलेन्द्रकुमार चौधरी, सन्तोष थारू, सिरिम थारू, सुवित थारू पनि सम्पर्कविहीनको सूचिमा छन् ।

यस्तै बर्दियाकै अर्विन चौधरी, राजदिप दहित, अमिष थारू, उदित दहित, प्रदिपकुमार थारू, राजु थारू, सिसान थारू, सुरेश थारू, खगेन्द्र जैसी, राजाराम थारू, कमलप्रसाद थारू, धनिराम थारू, विष्णुभण्डारी, हरि कुष्मी, हरिप्रसाद थारू, रमेशबहादुर सुनार, बबी थारू र बसन्त थारू पनि सम्पर्कविहीन रहेका छन् ।

कपिलवस्तुबाट नन्दबहादुर भाट, संगम बुढामगर, शिवलाल अधिकारी, प्रहरी जवान आशिष गडरिया, मणिकला राना र नेपाली सेनाका हुद्दा महेन्द्र चौधरी सम्पर्कविहीन रहेको महाशाखाको विवरणमा उल्लेख छ ।

गुल्मीबाट अनिता पुरी, यमबहादुर दर्लामी, दिनेश घिमिरे, गणेश ज्ञवाली, झनबहादुर गलामी, कपिलमणि ज्ञवाली, शिव न्यौपाने र चिरञ्जीवी ढकालको नाम सूचीमा छ । तर चिरञ्जीवी ढकाल भने भदौ १८ गते सम्पर्कमा आएको विवरणमा उल्लेख गरिएको छ ।

पाल्पाबाट आनबहादुर कुमाल, विकास नेपाल, रमेश थापा, निलम कार्की, किशोर क्षेत्री, कृष्णबहादुर बस्याल, रामु सुती, अमृत सुती, तिलक राना र प्रहरी हवल्दार दिपेन्द्र बिष्टको नाम रहेको छ । बोमबहादुर सोमै भने सम्पर्कमा आएको तथा दिपेन्द्र बिष्टको शव सनाखत भई भदौ १३ गते आफन्तले बुझेर अन्त्येष्टी गरेको विवरणमा उल्लेख छ ।

अर्घाखाँचीबाट प्रशान्त रेश्मी, सुमित मल्ल ठकुरी, नारायण पन्थी, मनिकला राना, सुबोध बेल्बासे, तारा राना, लुकबहादुर क्षेत्री, कृष्णबहादुर श्रेष्ठ र नारायणबहादुर थापा कब्दार सम्पर्कविहीन सूचीमा छन् । तीमध्ये नारायणबहादुर थापा कब्दारको शव पहिचान भई आफन्तले पोखराबाट बुझेर लगेको उल्लेख छ ।

प्युठानबाट पिताम्बर श्रेष्ठ, सूर्यबहादुर केसी, सन्तोष पौडेल, राजेन्द्र महतरा, डोमबहादुर ठेडी मगर, किसान सोमै मगर, प्रकाश जिसी, बोमबहादुर पुन, कृष्णा बुढामगर र प्रताप एमसीको नाम सूचीमा छ । प्रताप एमसी भने पछि सम्पर्कमा आएको विवरणमा उल्लेख छ ।

रुकुम पूर्वबाट जनककुमार पुन, मनराज घर्तीमगर, यगमाया केसी र मिलन श्रेष्ठ सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

दाङबाट सम्पर्कविहीन भएकामा कोपिला केसी, खम्बु बोहोरा, शिवशंकर जोशी, प्रमिला बुढाथोकी, शोभाराम योगी, लालबहादुर रोका, गोपिलाल रोका, नारायण अधिकारी, पूर्णबहादुर बस्नेत, सूर्यबहादुर केसी, गोपाल परियार, विकास परियार छन् ।

यस्तै सुधन गिरी, सीमा चौधरी, बजारु चौधरी, प्रेम विक, राजेन्द्र महत, रञ्जित ओली, देवबहादुर गाहा मगर, जयमान विश्वकर्मा, सुरेश चौधरी, लालबहादुर सुनार, गोपाल पुन मगर, मिलन श्रेष्ठ, नारायणी पराजुली, टेकबहादुर राना, प्रेम महतरा, बादल महतरा, अरुण चौधरी, शरदकुमार चौधरी, शम्भुजित चौधरी पनि सम्पर्कविहीन रहेका छन् ।

यस्तै प्रकाश विक, सर्वेस चौधरी, सिवानी चौधरी, अर्जुन घर्ती, दिपप्रकाश चौधरी, भगवानदिन चौधरी, सिर्जना थापा, रामबहादुर चौधरी, अनिल चौधरी, ज्ञानु पुन, डिल्ली सार्की, सुकदेव चौधरी, जनक शाह ठकुरी, दिपेन्द्र बुढामगर, बिमती खत्री, दिलबहादुर पुन, तुल्सीराम विक, जुगराम चौधरी, गीता बस्नेत, उमेश श्रेष्ठ, समिता श्रेष्ठ, नवीन चौधरी, सिजन चौधरी र लक्ष्मी बुढाथोकी रहेका छन् । दाङकै सम्पर्कविहीन सूचीमा रहेका ध्रुवबहादुर बुढामगर, तिलक चौधरी, रामकुमार चौधरी, गोपाल चौधरी र बुधिराम चौधरी र टेकबहादुर राना लगायत केही व्यक्ति पछि सम्पर्कमा आएको उल्लेख छ ।

रोल्पाबाट सम्पर्कविहीन सूचीमा राजेन्द्र महत, संजय महत, बसन्त महरा, कुमार महरा, रविलाल भण्डारी, अनराम पुन, सोमबहादुर घर्ती मगर, आर्यन क्षेत्री, हरिबहादुर घर्ती मगर, जक्तबहादुर पुन, रमेश वली, लेखराज रोका, कुलप्रसाद बुढामगर, मिना घर्ती मगर, विपना बुढामगर, खुसी घर्ती, तिलुवाठा मगर, दिपा घर्ती, गौसरा पुन, सुनिल विश्वकर्मा, गोपाल पुन, हस्त बस्नेत, धुव्र बस्नेत, ससिराम बस्नेत र गीता बस्नेत छन् । रोल्पाकै गजुल वली र नमरास रोका मगर भने भदौ ११ गते आफन्तको सम्पर्कमा आएको उल्लेख छ ।

बाँकेबाट लकेस चौलागाई, ललिता वर्मा, इसिका वर्मा, धनकुमारी खत्री, अर्जुन खत्री, नानी चौलागाई, कृष्णप्रसाद चौधरी, सरु चौलागाई, प्रदिप चौलागाई, लालकेश चौलागाई, शान्ता विक, बलबिर कामी, श्याम जोशी, गणेश जोशी, ताराकुमार बुढामगर, सरिस केसी, अमिर खान, सन्तोष गिरी, सन्तोष कुमाल, राजकुमार थारू, विश्व थारू, नाल निर कामी र समिरा चौधरी सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

लुम्बिनीमा भेटिएका २ सय १२ शवमध्ये ८ को मात्रै सनाखत

यसैबीच रसुवा बाढीपछि लुम्बिनी प्रदेशमा २ सय १२ शव भेटिएको विवरण सार्वजनिक भएको छ । तीमध्ये ८ वटा शवको मात्रै सनाखत भएको, १ सय ९९ शव व्यवस्थापन गरिएको र ५ वटा शव अस्पतालमा रहेको बताइएको छ ।

बाढीले बगाएर नारायणी नदी हुँदै गण्डक क्षेत्रमा पुगेका शवसमेत यस क्रममा भेटिएका छन् । गण्डक क्षेत्रबाट बगेका १८ वटा शव भारतमा समेत भेटिएको विवरण छ । तर हालसम्म लुम्बिनी प्रदेशमा भेटिएका शवमध्ये सम्पर्कविहीन सूचीमा रहेका नागरिकको शव भएको पुष्टि भने भएको छैन ।

रसुवा बाढीपछि लुम्बिनीबाट ठूलो संख्यामा नागरिक सम्पर्कविहीन भएको प्रारम्भिक विवरणले जलविद्युत् आयोजना र निर्माण क्षेत्रमा रोजगारीका लागि रसुवा पुगेका श्रमिक तथा कर्मचारी सबैभन्दा बढी जोखिममा परेको देखाएको छ ।

परिवारजनले आफ्ना आफन्तको अवस्था पत्ता लगाउन प्रहरी, जिल्ला प्रशासन तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेका छन् । प्रारम्भिक सूचीमा रहेका केही व्यक्ति सम्पर्कमा आइसकेकाले तथा केहीको शव पहिचान भइसकेकाले प्रदेश सरकारको तथ्यांक पनि क्रमशः अद्यावधिक हुँदै जाने देखिएको छ ।

सम्बन्धित् समाचार