गृहपृष्ठ Featured टी–२० क्रिकेटमा १५ हजार रन पूरा गर्ने पहिलो खेलाडी बने बटलर

टी–२० क्रिकेटमा १५ हजार रन पूरा गर्ने पहिलो खेलाडी बने बटलर

काठमाण्डाै – इङ्ग्ल्यान्डका ब्याटर जोस बटलर टी–२० क्रिकेटमा १५ हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

गएराति घरेलु मैदान कार्डिफमा भएको श्रीलङ्कासँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३० रन जोड्दै समग्र टी–२० मा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान बनाएका हुन् ।

उनले ५२८ टी–२० मा ९ शतक र १०७ अर्धशतकसहित ३५.४६ को औसतमा १५ हजार रन बनाएका छन् ।

३६ वर्षीय बटलरले वेस्ट इन्डिजका कायरन पोलार्डको कीर्तिमान तोडे । ३९ वर्षीय पोलार्डले ७५४ टी–२० मा २ शतक र ७१ अर्धशतकसहित ३१.७१ को औसतमा १४ हजार ९९९ रन बनाएका छन् ।

टी–२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको तेस्रो नम्बरमा इङ्ग्ल्यान्डका एलेक्स हेल्स छन् । उनले ५३७ खेलमा ७ शतक र ९३ अर्धशतकसहित २९.६९ को औसतमा १४ हजार ५८१ रन बनाएका छन् ।

सम्बन्धित् समाचार