गृहपृष्ठ Featured श्रीलंकासँगको खेल वर्षाका कारण रद्द : नेपाल बाहिरियो

श्रीलंकासँगको खेल वर्षाका कारण रद्द : नेपाल बाहिरियो

काठमाण्डौ – २०औँ एशियन खेलुकद अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल र श्रीलंकाबीचको आज बिहान हुनुपर्ने खेल वर्षाका कारण हुन नसकेपछि नेपाल बाहिरिएको छ ।

जापानमा भइरहेको प्रतियोगिताको नागोयाको कोरोगी स्पोर्टस पार्कमा नेपाल र श्रीलंकाबीचको खेल टस पनि हुन नपाई रद्ध भएको हो । खेल नभए उच्च वरीयताको टोली अघिल्लो चरणमा जाने नियमानुसार  श्रीलङ्का सेमिफाइनलमा पुगेको छ भने नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

टी–२० विश्व वरीयतामा श्रीलंका नवौं र नेपाल १४औं स्थानमा छ ।

नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछि जापानसँग समूह चरणको अन्तिम खेल पनि वर्षाले प्रभावित हुन पुगेको थियो । यसअघि हिजो तय भएका क्वाटरफाइनल खेल पनि वर्षाले रद्द भएका थिए ।

भारत र अफगानिस्तान तथा पाकिस्तान र हङकङबीच हुने तय रहेको क्वाटरफाइनल वर्षाका कारण रद्द भएको हो । त्यसपछि भारत र पाकिस्तान वरीयताका आधारमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सम्बन्धित् समाचार