रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ भैसागाहनमा ट्रेक्टरको रोटाबेटरमा परेर तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।
मंसिर १ गते सोमबार (हिजो) साँझ करिब ५ बजे स्थानीय बेलाल मुसलमानको खेतमा लु ४ त १७०४ नम्बरको ट्रेक्टरले खेत जोत्ने क्रममा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।
खेत जोत्न जाने क्रममा आफूसँगै जान्छु भन्दै जिद्दी गरेपछि बालिका ईकरा मुसलमानलाई ट्रेक्टरमा लगिएको स्थानीयले बताएका छन् ।
खेत जोत्ने क्रममा ट्रेक्टरबाट खसेकी उनी रोटाबेटरमा परेपछि घटनास्थलमै मृत्यु भएको जनाइएको स्थानीयको भनाइ छ ।
ट्रेक्टर चालक हाल सम्म फरार रहेको इप्रका मर्चवारले जानकारी दिएको छ ।
घटनापछि बालिकाको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पताल पु¥याइएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।







