काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनअघि आफ्नो पार्टीलाई एक्लै बनाइएको बताएका छन् । काठमाडौंमा जारी पार्टीको राष्ट्रिय भेलामा बिहीबार (मंसिर ३) उनले विश्व नै लाग्दा पनि एमाले अस्थित्वमा रहेको बताए ।
“एमाले यति बलियो रहेछ नि, विश्व लागेर सिध्याउँछु भन्दा पनि एमाले छ त,” उनले भने ।
ओलीले सरकारको पखेटाको ओत लागेर नभई प्रतिपक्षको भूमिकामा एमाले रहने बताए । “अहिले पनि देशमा एउटा सत्तापक्ष छ, कति दिनको हो । अस्थित्वमा रहेको प्रतिपक्ष नेकपा (एमाले) हो,” उनले भने ।







